image
image
सकुशल भेटिइन् मेयर गोपाल हमालकी छोरी

सकुशल भेटिइन् मेयर गोपाल हमालकी छोरी


काठमाडौं । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिएका छन् ।

उनले भनेका छन्- 'सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोजी कार्यमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू, गोवामा बस्नु हुने सहयोगी नेपाली दाजुभाई दिदिबहिनीहरू सहित सम्पूर्णमा हार्दिक धन्यवादसहित कृतज्ञता व्यक्त गर्दछु । साथै मेरो जेठो छोरी आरती,  कान्छी छोरी आर्जु र ज्वाइँसंगै भएको सम्पूर्णमा जानकारी गर्दछु ।'

यस अघि नगर प्रमुख हमालले मंगलबार छोरी आरती सम्पर्क बिहिन भएको भन्दै सहयोग मागेका थिए । नगर प्रमुख हमालकी जेठी छोरी आरती उनी ओशो साधक हुन। ओशो ध्यान गर्न उनी केही महिनादेखि गोवामा बस्दै आएकी थिइन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।