image
image
यस पटक पनि दलितबाट मन्त्री बनाउँछौं : अध्यक्ष ओली

यस पटक पनि दलितबाट मन्त्री बनाउँछौं : अध्यक्ष ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस पटक पनि दलित समुदायबाट एक जना मन्त्री बनाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार काठमाडौंमा ५९ औं अन्तर्राष्ट्रिय जातिय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बिगतमा पनि पार्टीले दलित समुदायबाट मन्त्री बनाउँदै आएको यस पटक पनि निरन्तरता दिने बताएका हुन् । 

‘अहिले महिलाहरूको उत्थान जागरण धेरै भएको छ र सशक्त भएका छन् । विभिन्न ठाउँमा जिम्मेवारी लिएका छन्,’ उनले भने । महिला, दलित र पछाडि पारिएका समुदायका विषमयमा आफ्नो दल संवेदनशील रहेको दाबी उनले गरे । 
‘
अत्यन्तै संवेदनशील हुँदा यस्तो विषय कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ । यस पटक पनि मन्त्री हुन्छ, एउटा ठाउँ छ त्यहाँ । दलितबाछ यस पटक पनि मन्त्री हुन्छ । पहिले पहिले पनि मन्त्री हुने गरेको छ । तर, सबै जाति सबै समुदायबाट सबै सधैं नपर्न पनि सक्छन् । सबैलाई एकैपटक सम्बोधन गर्न सकिँदैन,’ उनले भने, ‘पार्टीको माथिल्लो कमिटीमा छविलाल विश्वकर्मा हुनुहुन्छ । उहाँ पटक पटक मन्त्री पनि हुनुभएको छ । अहिले सुदूरपश्चिम प्रदेश इन्चार्ज पनि हुनुहुन्छ । हाम्रो पार्टीमा साथीहरूलाई जिम्मेवारी दिने काम कुनै ध्यान पुगेको छैन भन्ने ठाउँ छैन ।’उनले आफूहरू सामाजिक न्याय र समानताको पक्षमा रहेको भन्दै कुनै पनि समुदाय पछाडि छाडिन नहुने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।