image
image
आफ्नो पार्टीका मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने रास्वपाको निर्णय

आफ्नो पार्टीका मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुको समूह बनाउने निर्णय गरेको छ । 

मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न गठित डा। स्वणिर्म वाग्ले  नेतृत्वको समन्वय समितिको आइतबार बसेकोे बैठकले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको हो । 

महामन्त्री ढकाल र शिशिर खनाल सदस्य रहेको सो समितिले सरूवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने पनि निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रीको रुपमा सहभागी भएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।