image
image
सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ टुंग्याउँदै सत्ता गठबन्धनको कार्यदल

सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ टुंग्याउँदै सत्ता गठबन्धनको कार्यदल


काठमाडौं । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम निर्माणका लागि कार्यदलमा रहेका नेताहरूबीच आज पनि छलफल हुँदैछ । कार्यदलले आजै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने गठबन्धनका शीर्ष नेताहरूसमझ छलफलका लागि प्रस्तुत गर्ने तयारी छ । 

कार्यदलले साझा न्यूनतम कार्यक्रमको मस्यौदा पहिल्यै तयार गरिसकेको छ । त्यसबारे आवश्यक थप छलफल गरी टुंग्याउने तयारी रहेको जनता समाजवादी पार्टी (जसपा)का प्रवक्ता एवम् कार्यदलका सदस्य मनिष सुमनले जानकारी दिए । 

उनका अनुसार बिहीबारै कार्यदलको बैठक बस्ने तयारी थियो । तर बिहीबार अर्थमन्त्री वर्षमान पुन व्यस्त भएपछि बैठक बस्न सकेको थिएन । त्यही मस्यौदामाथि शुक्रबार विहान ९ बजे अर्थमन्त्रालयमा बैठक बस्ने तयारी रहेको नेता सुमनले बताए । कार्यदलले मस्यौदालाई अन्तिम रुप दिएलगत्तै शीर्ष तहमा नेताहरुले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।