image
image
रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, यि विषयमा हुँदैछ छलफल

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, यि विषयमा हुँदैछ छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । सभापति रवि लामिछानेले आगामी वैशाख १५ गते हुने उप–निर्वाचनबारे छलफल गर्न बैठक बोलाएका हुन् । 

बैठक बालाजुस्थित केन्द्रीय कार्यालयमा सोमबार मध्यान्ह १२ बजेदेखि बस्ने रास्वपाका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकमा उपनिर्वाचनको तयारीबारे छलफल हुने छ । निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम–२ र बझाङ–१ (१) मा उपनिर्वाचनको मिति तोकेको छ । 

नयाँ सत्ता समिकरणमा गृहमन्त्रीसहित चार वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको रास्वपाभित्र वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवार उठाउने कि एमालेबाट उठाउने उम्मेदवारलाई सहयोग गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । 

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएकाले उक्त पद रिक्त छ । यस्तै, बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको पनि सवारी दुर्घटनामा निधन भएकाले ती क्षेत्रमा निर्वाचन आयोगले १५ वैशाखमा उपनिर्वाचन गर्न लागेको हो । 

 जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार पकाउ परेका बोहरामाथि जिल्ला अदालत बझाङबाट पाँच दिनको म्याद थपेर जबरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।