image
image
मन्त्री भएलगत्तै अमेरिका उड्दै महिलामन्त्री भगवती चौधरी

मन्त्री भएलगत्तै अमेरिका उड्दै महिलामन्त्री भगवती चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी मन्त्री भएर कार्यभार सम्हालेको तीन दिन नबित्दै अमेरिका उड्दैछिन् । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन् । सम्मेलनको ६८ औँ सत्रमा मन्त्री चौधरीले सम्बोधन गर्ने कार्यसूची छ ।

 शनिबार मन्त्री चौधरीको नेतृत्वमा मन्त्रालयका सचिव सुमनराज अर्यालसहितको ७ सदस्यीय टोली सम्मेलनमा भाग लिन त्यसतर्फ जाँदैछन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री चौधरीको भ्रमण स्वीकृत गरेको थियो । सम्मेलनमा महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना, राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाज कल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु समेतको सहभागिता रहनेछ । 

मन्त्री चौधरीले आफू विदेश भ्रमणमा लालायित भएको नभएर अघिल्लो मन्त्रिपरिषद्बाटै कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम स्वीकृत भइसकेको अवस्थामा आफू त्यसतर्फ जान लागेको स्पष्ट पारेकी छिन् । मन्त्री चौधरीले बुधबारमात्रै मन्त्रालयमा कार्यभार सम्हालेकी हुन् । त्यसअघि सुरेन्द्रराज आचार्य सो मन्त्रालयमा मन्त्री थिए । तत्कालिन गठबन्धन सरकार नढलेको भए मन्त्री आचार्य नै सो कार्यक्रममा सहभागी हुने तय गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।