image
image
देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी कार्य गर्नेछु : मन्त्री श्रेष्ठ

देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी कार्य गर्नेछु : मन्त्री श्रेष्ठ

काठमाडौं ।  ओझेलमा बसेको मन्त्रालयले अब देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी कार्य गर्ने युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको विस्तारित मन्त्रीमण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका श्रेष्ठले पदभार ग्रहण गर्दै युवा वर्गका समस्यालाई प्राथमिकतामा राखेर खेलकुद मन्त्रालयलाई अगाढि बढाउने बताए । मन्त्री श्रेष्ठले मन्त्रालयले सबैले थाहा पाउने गरी काम गर्ने उल्लेख गरे । 

‘यो मन्त्रालय कुनामा मौन बसेको मन्त्रालय हो । अब यो मन्त्रालयले आवाज बुलन्द गर्छ । देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँछ,’ मन्त्री श्रेष्ठले भने । युवा वर्गमा देखिएको चरम निराशालाई चिरेर युवाको मानसिक स्वास्थ्यसँग जोडिएका समस्या समाधान गर्र्नुपर्नेमा जोड दिएका यनल सबैसँग मिलेर सहकार्य गर्ने बताए । रास्वपाको संसदीय दलका उपनेता समेत रहेका श्रेष्ठ पहिलो पटक संघीय मन्त्रीको जिम्मेवारी सम्हालेका छन् । काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका ४२ वर्षीय श्रेष्ठ यसअघि बागमती प्रदेशको प्रदेश सांसदको भूमिकामा थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।