image
image
रास्वपालाई सरकारमा सहभागी हुँन हतारो, टुंग्यायो मन्त्रीहरुको नाम

रास्वपालाई सरकारमा सहभागी हुँन हतारो, टुंग्यायो मन्त्रीहरुको नाम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । चार मन्त्रालय पाउनेगरी सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाएको हो ।  रास्वपाका महामन्त्री डा. मुकुल ढकालका अनुसार रास्वपाबाट सभापति रवि लामिछानेले सरकारमा नेतृत्व गर्नेछन् । उनी गृहमन्त्री बन्ने भएका छन् ।  श्रममा उपसभापति डीपी अर्याल, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षामा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो ।

नयाँ सत्ता समीकरण बनेसँगै रास्वपा सरकारमा सहभागी हुन हतारिएको हो । शीर्ष नेताहरुको दौडधुप, दलहरुको नियमित आन्तरिक बैठक जारी रहिरहेको र समीकरणको अझै टुंगो लाग्न बाँकी रहेका बेला रास्वपा सरकारमा जान हतारिएको हो ।  रास्वपाले पार्टीबाट मन्त्री बन्नेहरूको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।