image
image
विगतमा भएको गठबन्धन पार्टीलाई महँगो सावित भयो : नेता कोइराला

विगतमा भएको गठबन्धन पार्टीलाई महँगो सावित भयो : नेता कोइराला

काठमाडौं ।  विगतमा भएको गठबन्धन पार्टीलाई महँगो सावित भएको नेपाली कांग्रेसका नेता तथा मोरङ–६ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.शेखर कोइरालाले प्रतिक्रिया दिएका छन् । आज बिहान सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

माओवादी, नेकपा एमालेलगायत सम्मिलित नयाँ सत्ता गठबन्धन बनेर राजनीतिक परिस्थिति फेरिएपछि नेता कोइरालाको यस्तो प्रतिक्रिया आएको हो ।राजनीतिमा गठबन्धन बन्नु, तोडिनु सामान्य भए भनी सोमबारको घटना सामान्य नभएको उनको भनाइ छ ।

उनले भनेका छन्, ‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो । तर, हिजोको घटना सामान्य होइन,’ उनले फेसबुक र (एक्स) ट्विटरमा लेखेका छन्, ‘कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महँगो साबित भयो ।’नेता कोइरालाले सत्ता गठबन्धन तोडिनुमा कांग्रेसका नेताकै व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भएको हो कि भन्ने आशङ्का समेत व्यक्त गरेका छन् ।

‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए कि ? भविष्यको लागि सजग बनौँ,’ उनले लेखेका छन् । ओवादी केन्द्र र अन्य दलहरुसँग गठबन्धन गर्नेबारे कोइराला पहिलेदेखि नै असन्तुष्ट रहँदै आएका थिए ।उनले निर्वाचनअघि गठबन्धन गरिनु नहुने धारणा राख्दै आएका थिए ।

निर्वाचनपछि त्यसको परिणामका आधारमा सरकार गठन र सञ्चालनका लागि गठबन्धन गर्नेबारे सोच्न सकिने भन्दै उनले निर्वाचनमा भने पार्टी एक्लै जानुपर्नेमा जोड दिंदै आएको थियो ।उनको यस्तो धारणा रहे पनि पार्टी संस्थापन पक्षले माओवादीसँग गठबन्धन गर्दै निर्वाचनमा सहभागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।