फेसबुकमा सार्वजनिक प्रचण्डपत्नीको यस्तो तस्वीर
काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरेका छन् । ‘आमा’ क्याप्सन लेखेर सार्वजनिक गरिएको फोटोमा सीता दाहाल पहिले भन्दा धेरै कमजोर र दुब्लाएकी देखिन्छिन् ।
सीताको फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जिज्ञासा राख्दै स्वास्थ्यलाभको कामना समेत गरेका छन् । प्रचण्ड पत्नी सीता हाल चितवनमा छिन् । चितवनमा दिदी रेणु दाहालको घरमा पुगेका बेला सो तस्वीर लिइएको गंगा दाहालले बताएकी थिइन् । कुनै किसिमको सन्दर्भ नभई दिदीसँग भेटेका बेला सो तस्वीर लिइएको उनले बताइन् छिन् ।
आमाको स्वास्थ्य अवस्था सामान्य नै रहेको छोरी गंगा दाहालले बताइन्। फोटो हेरेपछि धेरै मान्छेहरु आत्तिएका छन्, त्यस्तो सवास्थ्य अबस्था बिग्रिएको छैन । तौल केही मात्रमा घटेको छ । दाहालमा विगत ४ वर्षदेखि पार्किन्सनको स्वास्थ्य समस्या रहेको छ । उनी दुर्लभ स्वास्थ्य समस्याका रुपमा रहेको प्रोग्रेसिभ सुपरन्युक्लियर पाल्सी (पी.एस.पी) बाट पीडित रहेकी छिन् ।
चिकित्सकहरूका अनुसार यो समस्या मस्तिष्कमा असर परेपछि हुने गर्छ । यसबाट मानसिक असन्तुलनका साथै हिड्न, बोल्न र निल्न समेत गाह्रो हुने गर्छ । यस्तोप खालको समस्या ६० बर्ष उमेर माथिकालाई हुने चिकित्सकहरुको भनाइ छ । एकमात्र छोरा प्रकाश दाहालको २०७४ साल मंसिरमा हृदयघातबाट निधन भएपछि उनको स्वास्थ्य समस्या बढ्दै गएको ह।