image
image
संसदको दुवै बैठक आज बस्दै, प्रधानमन्त्री दाहालले जवाफ दिने

संसदको दुवै बैठक आज बस्दै, प्रधानमन्त्री दाहालले जवाफ दिने


काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले अघिल्लो बैठकहरुमा समसामयीक विषयमा उठाएका प्रश्नको जवाफ दिने भएका छन् । 

यस्तै प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०७९÷०८० पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । यस्तै आर्थिक वर्ष २०८१÷०८२ का लागि विनियोजन सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल आरम्भ गर्ने सम्भावित कार्यसूची पनि रहेको छ । 

यस्तै, राष्ट्रिय सभाको बैठक १ बजेर १७ मिनेटमा बस्ने तय भएको छ । राष्ट्रिय सभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन २०८९÷०८० सभासमक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।