image
image
इन्टरनेट र टेलिफोन सेवा गुणस्तरीय र सबैको पहुँचमा पुर्याउन आवश्यक : उर्जामन्त्री बस्नेत

इन्टरनेट र टेलिफोन सेवा गुणस्तरीय र सबैको पहुँचमा पुर्याउन आवश्यक : उर्जामन्त्री बस्नेत


काठमाडौं ।  दुर सञ्चार प्राधिकरको टेलिफोन र इन्टरनेट सेवा प्रवाहलाई थप गुणस्तरीय बनाई, सस्तो र सरल रुपमा सबै नागरिकको पहुँचमा पुर्याउन उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेतले आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित नेपाल दुरसञ्चार प्राधिकरणको २६ औं वार्षिकोत्सव समारोहमा उनले प्राधिकरणले दिँदै आएको दुरसञ्चार सेवालाई सबै क्षेत्रका नागरिकले सहज र सरल रुपमा पाउन सक्ने वातावरण बनाउन आग्रह गरे । 

उनले सबै प्रकारका सेवा प्रवाहलाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै लैजानुपर्नेमा जोड दिएर भने, ‘टेलिफोन इन्टरनेट तथा सबै सेवा प्रवाहलाई थप गुणस्तरीय, सरल र सस्तो बनाउँदै हरेक क्षेत्रका नागरिकले आधारभुत दुरसञ्चार सेवा सहज प्राप्त गर्न सक्ने वातावरण बनाउन म प्राधिकरणलाई आग्रह गर्छु ।’ मन्त्री बस्नेतले, दुरसञ्चार प्राधिकरणले सूचना प्रविधिको सेवा क्षेत्र सँगै आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिँदै गइरहेको उल्लेख गरे । 

‘ प्राधिकरणले सूचना प्रविधिमा सेवा क्षेत्रको रुपमा त काम गर्दै आएको छ । अहिले यसले क्रमश आर्थिक क्षेत्रमा रोजगारीका अवसरहरू पनि सृजना गरिरहेकाले आर्थिक क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिदै गइरहेको छ ’ मन्त्री बस्नेतले भने । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।