image
image

सोमबारदेखि मनकामना केबलकार सञ्‍चालनमा आउने

काठमाडौँ। मनकामना केबलकार सोमबारदेखि पुनः सञ्‍चालनमा आउने भएको छ। मर्मतका लागि केहि दिनका लागि बन्द गरिएको केबलकार पूर्वनिर्धारित समयभन्दा एक दिनअघि नै सञ्‍चालनमा आउन लागेको हो।


यसअघि चैत ३१ गते मंगलबारसम्मका लागि बन्द हुने जानकारी गराइए पनि मर्मतकार्य समय अघि नै सकिएकाले भोलि सोमबारदेखि पुन सुरू हुने भएको छ।

मनकामना दर्शन प्रालिले शनिबार सूचना जारी गर्दै प्रथम चरणमध्येको कार्य अनुमानित समयभन्दा एक दिन अगावै सम्पन्न भएकोले चैत ३० गते सोमबारबाटै सञ्‍चालनमा आउने जानकारी गराएको छ।

चैत २३ गतेदेखि मर्मतका लागि बन्द गरिएको केबलकारको विदेशी प्राविधिकहरूले काम गर्दै आएका थिए। ६ दिन बन्द गरिएको केबलकार पाँच दिनमा नै काम सम्पन्‍न भएकोले सञ्‍चालनमा ल्याउन लागिएको सञ्‍चालक राजेशबाबु श्रेष्ठले बताएका छन्।

केबुलकारको स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गरिएको थियो।

२३ वर्षअघि स्थापना भएको नेपालको पहिलो केबुलकार एनालगबाट डिजिटल प्रविधिमा जाने भएको हो।

गोरखाको मनकामनास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना दर्शन प्रालिले २०५५ साल मंसिरबाट सञ्चालनमा ल्याएको मनकामना केबुलकार तीन चरणमा स्तरोन्नति गरिने मनकामना दर्शन प्रालिले बताएको छ। 

पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरियो भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।