राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा ट्राफिक लाइट निर्माण
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुन्धारा नागस्थानमा निर्माण गरेको ट्राफिक लाइट शुक्रबारबाट एक कार्यक्रमका बीच संचालनमा ल्याएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई सो ट्राफिक लाइट हस्तान्तरण गरी संचालनमा ल्याएको हो ।
नयाँ ट्राफिक लाइट जडान गरिएको काठमाडौं महानगरपालिका वडा न.२१ का वडा अध्यक्ष चीनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्विच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा वडा न.२१ वडा अध्यक्ष चीनकाजी महर्जनले उपत्यकामा बढ्दै गइरहेको ट्राफिक जामलाई व्यवस्थापन गर्न वडा कार्यालयले पनि सहयोग गर्ने बताए हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न क्षेत्रमा सहयोगी कार्यहरु गरिरहेको र आगामि दिनमा पनि निरन्तर सहयोग गर्ने बताएका छन् ।
यसैगरी प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रविधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरूको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम भई दुर्घटना न्युनिकरणमा समेत सघाउ पुग्ने बताउनु भएको छ ।