image
image

बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाको छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन आफूले अध्ययन गरिरहेको भन्दै अध्ययन पश्चात्मात्रै दोषीलाई कारबाहीको लागि निर्णय गर्ने बताएका छन् । आज  बिहान सिंहदरबारमा बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराएका हुन् ।

दाहालले भने, ‘बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ । आयोग बनाएर छानबिन गर्ने निर्णय सरकारकै हो । प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं।’बालकुमारी घटनामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा बहालवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालगायतका अधिकारीहरु दोषी पाइएको बताइएको छ । 

गत पुस १३ मा ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयमा विवाद हुँदा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएपछि अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।दुई युवाको ज्यान जानेगरी भएको घटनाको प्रधानमन्त्री दाहालले नै निष्पक्ष छानबिन गराउने प्रतिबद्धता संसदको रोस्टममा उभिएर गरेका थिए । तर, छानबिन समितिले दोषी किटान गरेरै प्रतिवेदन बुझाउँदा पनि सरकारले दोषीलाई कारबाही गरेको छैन् । प्रतिपक्षी दल लगायतले लगातार दोषीलाई कारबाहीको माग गर्दै सदन प्रधानमन्त्रीको जवाफ मागिरहेका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा बोलेका अधिकांश सांसदहरुले बालकुमारी घटनाका  दोषीलाई कारबाहीको माग गर्दै सरकारको जवाफ मागे । विशेषगरी प्रतिपक्षी दल नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरुले जोड दिएरै लगातार मन्त्रीको राजिनामा मागेका छन् । संघीय संसदमा जवाफ नदिएको सरकारले आज बालकुमारी घटनाको प्रतिवेदनबारे क्षेत्राधिकार सरकारको भएको र प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्ने टिप्पणी प्रधानमन्त्री दाहालले गरेका छन् । ‘यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ,’प्रधानमन्त्री दाहालले भनेका छन् ।

बैठकमा दाहालले आगामी मन्त्रिपरिषद् बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने तयारी गरेकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई  निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘आउने क्याविनेट बैठकमा छलफल गरेर संसदमा विधेयकहरू पेश गर्ने सरकारको तयारी छ । विधेयकहरू पारित गराउन तपाईहरूले प्रभावकारी भूमिका खेल्नुहोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।