image
image

पोखरामा २ महिनादेखि पानीको हाहाकार

पोखरा ।‘लामो समयको खडेरीले पँधेरामा पानी सुकेको छ, २ महिनादेखि लिफ्टिङ पानीको मशिन समेत बिग्रिएपछि दैनिक घरमा अत्यावश्यक पानी कसरी पुर्‍याउने भन्ने चिन्ता छ,’ पोखरा महानगरपालिका–३३ बरमाझथरस्थित सलिना किराना पसलका सञ्चालक नरहरी पौडेलले भने ।
लामो समयदेखिको खडेरीले यतिखेर स्थानीय पानीको चरम समस्या झेल्दै आएका छन् । 

स्थानीयको सक्रियतामा सञ्चालनमा ल्याइएको खुर्वादी हुडिकोट लिफ्टिङमार्फत गाउँमा पानी वितरण हुँदै आएकामा २ महिनायता मशिन समेत बिग्रिएपछि दैनिकी सञ्चालनमा नै समस्या आएको हो ।

करीब १३० घरधुरीले उपयोग गर्दै आएको लिफ्टिङ पानी सञ्चालन नहुनुका साथै वरपरका कुवा तथा पँधेरामा पनि पानी सुकेपछि १ गाग्री पानीका लागि घण्टौं कुर्नुपर्ने बाध्यता छ । 
 
पिउने पानीका साथै गाईवस्तुलाई खुवाउने पानी पनि कसरी जुटाउने भन्ने चिन्ता थपिएको स्थानीयले बताएका छन् । पौडेलका अनुसार खुर्वादी हुडिकोट लिफ्टिङ सञ्चालन नहुँदा आसपासका कटुजे, ओख्ले, खुर्वादी, कल्स्याङ्दी लगायतका स्थानमा पुगी स्थानीयले गाग्रीमा बोकेर पानी ल्याउने गर्दछन् ।ती प्राकृतिक जलाशयमा पनि खडेरीले पानी सुक्दै गएपछि आफूहरू चरम समस्या समस्यामा परेको उनले बताए । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।