image
image
के प्रधानमन्त्री अदालत भन्दा माथि छन् ?–ज्ञानेन्द्र शाही

के प्रधानमन्त्री अदालत भन्दा माथि छन् ?–ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारीको घटनाका दोषिलाई जेल हाल्न माग गरेका छन् ।विहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले भने,‘फागुन ६ गतेको सदनमा १२ बजेर १२ मिनेटमा प्रधानमन्त्रीले बालकुमारीको घटना हत्या हो भनेर भन्नु भएको थियो । 

देशको कार्यकारी प्रधानमन्त्रीले बालकुमारीको घटनाका हत्या भनेपनि आदेश दिने गृहमन्त्री, भौतिक पूर्वाधा मन्त्री र गोली हान्ने प्रहरीका डिएस्पीलाई प्रक्राउ गरेर जेल किन नहालेको रु’ उनले प्रश्न गर्दै भने,‘हत्या हो भने जेल हाल्नुपर्छ । प्रधानमन्त्री जस्तो मान्छेले जे पाए त्यही बोल्न पाइँदैन् ।’

उनले भने,‘प्रधानमन्त्रीले अपराधीलाई पक्राउ गरें भन्नुहुन्छ तर सम्मानित अदालतले पक्राउ पूर्जी जारी गरेका व्यक्तिहरु प्रधानमन्त्रीसँग चिया खाइ रहेका छन् । कुममा कुम जोडेर हिडिरहेका छन् । के प्रधानमन्त्री यो देशको अदालत भन्दा ठूलो हो ?’सांसद शाहीले देश आर्थिक संकटमा फसेको, मिटरब्याजीहरुले आन्दोलन गर्न नपाएको, विकास योजनाहरु अलपत्र परेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।