image
image
कोशी प्रदेश सरकार र पहिचानवादीबीच तीन बुँदे सहमति

कोशी प्रदेश सरकार र पहिचानवादीबीच तीन बुँदे सहमति


काठमाडौं । पहिचानवादी संगठनका प्रतिनिधि र कोशी प्रदेश सरकारको वार्ता टोलीबीच तीन बुँदे सहमति भएको छ । विराटनगरमा भएको वार्ताका क्रममा बुधबार साँझ दुई पक्षबीच सहमति भएको हो ।

सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिबीच भएको दोस्रो चरणको वार्तामा तीन बुँदे सहमति भएको हो ।प्रदेशको पुनः नामकरण प्रक्रिया अघि बढाउन सरकार र आन्दोलनरत पक्ष दुबैले कसरत गरेर निष्कर्षको चरणमा पुर्याउन पहल गर्ने सहमति भएको छ ।वार्ताका क्रममा सरकारका तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा ३ र ४ कार्यान्वयन प्रक्रिया अघि बढेको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

ती विषयप्रति दुवै पक्षबाट सकारात्मक गरी फागुन मसान्तभित्र कार्यान्वयन गर्ने र पहिचानको आन्दोलनको क्रममा लागेका मुद्दाहरु फिर्ता लिने सम्वन्धमा अदालतहरुमा विचाराधीन मुद्दाहरुको विवरण र घाइतेहरुको उपचार खर्चको विवरण संकलन गरी पेश गर्ने सहमति पनि भएको छ ।यसका लागि सरकारी पक्षवाट २ जना र आन्दोलनरत पक्षवाट २ जना रहने गरी कार्यदल गठन गर्ने सहमति भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।