image
image
क्रोनिक क्यापिटलिज्मले गर्दा नेताहरु व्यापारी जस्ता भएका छन् : उपसभापति गुरुङ

क्रोनिक क्यापिटलिज्मले गर्दा नेताहरु व्यापारी जस्ता भएका छन् : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसमा उपसभापति धनराज गुरुङले महासमिति पार्टीको सर्वोच्च निकाय भएकाले जनतामैत्री नीति र विधि बनाउनुपर्ने बताएका छन् । प्रजातान्त्रिक समाजवादको ब्याख्या र परिभाषा सबै तहका जनताहरुको पक्षमा हुुनुपर्ने बताए ।

ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठकको उदघाटन समारोहमा बोल्दै उनले प्रजातान्त्रिक समाजवादले रुखको फेद बसेर मलजल गर्ने र टुप्पोमा बसेर फल खानेहरुविचको खाडलको अन्त्य गर्नुपर्ने औंल्याए ।

उनले क्रोनिक क्यापिटलिज्मले गर्दा नेता व्यापारिक जस्ता देखिएकाले क्रोनिक क्यापिटिलीजम्म विरुद्ध उत्रिनुपर्ने बताए । महासमिति बैठक नीति महाधिवेशन पनि भएकाले संगठनका विषयहरुमा घनीभूत छलफल गर्नुपर्ने बताउँदै उनले चुस्त संरचना बनाउन जोड दिए । ‘हामी जनतामा मालिक होइनौं । सेवक हौं भन्ने विषयमा एकमत हुनुपर्छ,’ उनले भने ।

उपसभापति गुरुङले आगामी महाधिवेशनको मिति तयको बहस महासमिति बैठकमै उठ्नुपर्ने बताउँदै कांग्रेसबाट विजयी भएका वडाध्यक्षदेखि मन्त्रीहरु सबैको सम्पत्ती छानविन गर्नुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।