image
image
गठबन्धनको विषयमा सभापति देउवा र महामन्त्री थापाबीच मिलेन कुरा, छलफल निष्कषविहीन

गठबन्धनको विषयमा सभापति देउवा र महामन्त्री थापाबीच मिलेन कुरा, छलफल निष्कषविहीन

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा छलफल निष्कर्षविहीन भएको छ । महासमिति बैठक सुरु हुनुअघि सोमबार देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सभापति देउवा र महामन्त्री थापाबीच गठबन्धनको विषयमा सहमति नजुट्दा निष्कर्षविहीन भएको हो । 

महामन्त्री थापाले चुनावमा गठबन्धन नगर्नेसहितको प्रतिवेदन बनाएपछि सभापति देउवाले त्यसलाई सच्याउन भनेका छन् । तर, महामन्त्री थापाले सभापति देउवाको आग्रहलाई अस्वीकार गरेपछि छलफल निष्कर्षविहीन भएसँगै बुढानिलकण्ठबाट नेताहरू बाहिरिएका छन् । 

 सभापति दृउवाले महामन्त्री थापालाई सांगठानिक प्रतिवेदनबाट चुनावअघि गठबन्धन नगर्ने भन्ने शब्द हटाउन भनेका हुन् । तर, महामन्त्री थापाले नहटाउने अडान यथावत राखेका छन् । जसकारण गत शनिबारदेखिको वार्ता निष्कर्षविहीन बनिरहेको छ ।  सोमबारबाट गोदावरीमा पार्टीको महासमितिको बैठक सुरू हुँदै छ । यसअघि सभापति देउवाले गठबन्धन कायम राख्नुपर्ने एजेण्डालाई पार्टीभित्रबाट अनुमोदन गराउने प्रयास गरेका हुन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।