image
image
२००७ सालको क्रान्तिको जगमा नै गणतन्त्र र वर्तमान संविधान प्राप्ति भएको हो : राष्ट्रपति पौडेल

२००७ सालको क्रान्तिको जगमा नै गणतन्त्र र वर्तमान संविधान प्राप्ति भएको हो : राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २००७ सालको क्रान्तिको जगमा नै गणतन्त्र र वर्तमान संविधान प्राप्ति भएको बताएका छन् । ‘लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैंले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्वपूर्र्ण जग वि।सं २००७ सालको क्रान्ति थियो भन्ने हामीले बिर्सन हुन्नँ,’ राष्ट्रपति पौडेलले सोमबार प्रजातन्त्र दिवसको शुभकामना सन्देशमा भनेका छन् । 

राष्ट्रपति पौडेलले फागुन ७ मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको दिनकारुपमा इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिन भएको स्मरण गरेका छन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नेपालीले सात दशक भन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धिकारुपमा उल्लेख गरेका छन् । 

‘लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धि सहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउँछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ,’ उनले भने, ‘नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।’दिवसका अवसरमा राष्ट्रपति पौडेलले नेपालको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य प्राप्तिको कामना समेत गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।