image
image
राज्यले अझै देशको संस्कृतिलाई राम्रोसँग बुझ्न सकेन : पर्यटनमन्त्री किराती

राज्यले अझै देशको संस्कृतिलाई राम्रोसँग बुझ्न सकेन : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालका संग्रहालयहरुको उच्चस्तरमा विकास नभएको बताएका छन् । ८५ औं राष्ट्रिय संग्रहालय स्थापना स्थापना दिवसको मूल समारोह कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संस्कृति हेर्दा वा संग्रहालयतिर छिर्दा ज्ञान र कलाले समृद्ध भएपनि स्तरीय विकास गर्न नसकेको बताएका हुन् । उनले राज्यले अझै देशको संस्कृतिलाई राम्रोसँग बुझ्न नसकेको बताए । 

उनले भने,‘नेपालको संस्कृति हेर्दाखेरी अर्थात हाम्रो संग्रहालयतिर छिर्दाखेरी ज्ञान र कलाले समृद्ध देखिन्छौं । स्तरीय विकासमा हामी पछि छौं । के भयो, त्रुटी कहाँ भयो रु भन्ने मलाई लाग्छ । यति ठूलो छ हाम्रो संस्कृति । सिङ्गै मन्त्रालयको र समग्र राज्यको हिसाबले हाम्रो देशको संस्कृतिलाई अझ राम्रोसँग बुझ्न सकेको छैनौं कि जस्तो आफू मन्त्री भएपछि अनुभव भएको छ ।’उनले पर्यटकलाई प्रकृतिमात्र देखाउने होईन भव्य संस्कृति र संग्रहालयमा सजिएका कला कृतिहरु पनि पर्यटनको भव्य आधार बन्न सक्छ भनेर आफू त्यसैमा लागेको जिकिर गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।