image
image
अबको कार्यभार भनेको जनतालाई नयाँ जीवन पाएको अनुभूती गराउनु हो : गृहमन्त्री श्रेष्ठ

अबको कार्यभार भनेको जनतालाई नयाँ जीवन पाएको अनुभूती गराउनु हो : गृहमन्त्री श्रेष्ठ


काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता वा अपेक्षा अनुसार नभएको बताएका छन् । मंगलबार माओवादी केन्द्रको प्रथम विधान अधिवेशनको उद्घाटन समारोहमा उनले राजनीतिक परिवर्तन भएपनि जनताको अपेक्षा अनुसार नभएको भन्दै अबको कार्यभार भनेको जनतालाई नयाँ जीवन पाएको अनुभूती गराउनु भएको बताए । 

उनले भने,‘राजनीतिक परिवर्तनपछि सामाजिक, आर्थिक रुपान्तरण र विकासका क्षेत्रमा केही न केही भए तर त्यो हाम्रो राजनीतिक परिवर्तन अन्तरनिर्देश र जनताको आवश्यकता अपेक्षा अनुसार भएन । त्यसकारण अब हाम्रो ऐतिहासिक कार्यभार भनेको समृद्धिको यात्रालाई तिव्र गरेर जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्यन्न, आवास, सञ्चार, बिजुली, खानेपानी जस्ता आवश्यकताहरु पूरा गरेर जनतालाई नयाँ जीवन पाएको अनुभूती गराउनु हो ।’ उनले मुख्य कार्यभार पूरा नगर्ने हो भने देश बरबादीको दिशामा जाने खतरा रहेको भन्दै कार्यभार पूरागर्ने नेतृत्व अहिलेको प्रधानमन्त्रीले नै गर्न सक्नुहुने यथार्थ भएको बताए ।  

उनले भने,‘राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभीमान,  हितको रक्षा र राष्ट्रिय एकतालाई बलियो बनाउनु पहिलो कार्यभार हो । हाम्रो उपलब्धीको रक्षा गर्नु र बलियो बनाउनु दोस्रो कार्यभार हो । राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गरेर रुपान्तरण गर्नु तेस्रो र चौथो कार्यभार भनेको आर्थिक समृद्धिमा क्रमबद्धता हो । यो चार कार्यभार पूरा नगर्ने हो भने देश बरबादीको दिशामा जाने खतरा छ । त्यसकारण कार्यभार पूरा गर्ने नेतृत्व अहिलेको प्रधानमन्त्रीबाटै संभव छ । अहिलेको यथार्थ हो ।’ 

उनले राष्ट्रिय कार्यभार र पार्टी पुननिर्माणको कार्यभार पूरा गर्न संकल्प गरेर अगाडि बढ्न पनि सबै कार्यकर्ताहरुलाई आग्रह गरे । नेपालको आजको एतिहासिक परिवर्तनको लागि मुख्य भूमिका खेल्ने शक्ति जनयुद्ध नै भएको भन्दै यसमा विवाद गर्नु सत्यलाई स्विकार नगर्नु भएको पनि उनको भनाई छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।