image
image
भ्रष्टाचारविरुद्ध उजुरी बढ्यो, नियन्त्रणमा सामूहिक प्रयास जरुरी छ : आयोग

भ्रष्टाचारविरुद्ध उजुरी बढ्यो, नियन्त्रणमा सामूहिक प्रयास जरुरी छ : आयोग

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेम कुमार राईले जिम्मेवार व्यक्तिहरुले भ्रष्टाचार नियन्त्रण गरीछाड्ने प्रतिवद्धता जनाएपनि भ्रष्टाचारको ग्राफ भने नघटेको बताएका छन् । 

आयोगले ३३ औं स्थापना दिवसका अवसरमा आज आयोगका प्रमुख आयुक्त राईले  संघीयता कार्यान्वयनपश्चात हालसम्मको अवधिमा तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता कार्यमा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्ने, घुस लेनदेख गर्ने, गैर कानुनी लाभ लिने वदनियत राखेर काम गर्ने र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य संख्यामा उजुरीहरु पर्ने गरेको बताए । 

भ्रष्टाचारविरुद्धको लडाई बहुआयामीक विषय भएकाले सामूहिक प्रयासमार्फत मात्र सफलता मिल्ने प्रमुख आयुक्त राईले बताए । यद्यपी, तीन वर्षमा मात्रै आयोगमा भ्रष्टाचारविरुद्ध ७५ हजारभन्दा बढी उजुरी परेका छन् । अख्तियारका अनुसार प्रत्येक वर्ष भ्रष्टाचारविरुद्धको उजुरी बढिरहेको छ । 

आयोगका अनुसार आर्थिक वर्ष २०७९।८० मा मात्रै भ्रष्टाचारविरुद्धका २८ हजार ६७ उजुरी परेका थिए । ती उजुरीमध्ये १८ हजार ४ सय ९९ वटा उजुरी फस्र्यौट भइसकेको छन् भने १ सय ६२ मुद्दा दायर भएका छन् । भ्रष्टाचारविरुद्ध उजुरी बढ्ने क्रमसँगै मुद्दा दायर गर्ने क्रमसमेत बढेको हो । 

अख्तियारका अनुसार आर्थिक वर्ष २०७८।७९ मा २४ हजार ३ सय ३१ वटा उजुरी परेका थिए भने आर्थिक वर्ष २०७७।७८ मा २२ हजार ६ सय २५ वटा उजुरी परेका थिए । यस्तै, आर्थिक वर्ष २०७८।७९ मा १७ हजार ९ सय ६९ वटा उजुरी फर्स्यौट भएका थिए भने भ्रष्टाचारका १ सय ३० वटा मुद्दा दायर भएका थिए । आर्थिक वर्ष २०७७।७८ मा भ्रष्टाचारका १४ हजार ५ सय ३२ उजुरी फस्र्यौट भएका थिए भने १ सय १४ वटा भ्रष्टाचारका मुद्दा दायर भएका थिए ।

यसअघि ट्रान्सपरेन्सी इन्टरनेसनले पछिल्लोपटक सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक ९सीपीआई० ले यसपटक पनि नेपाललाई भ्रष्टाचार व्याप्त मूलुककै सूचीमा राखिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।