image
image
सरकारले विकास निर्माणका कामहरु अवरुद्ध गर्न खोजेको छ : अमरेशकुमार सिंह

सरकारले विकास निर्माणका कामहरु अवरुद्ध गर्न खोजेको छ : अमरेशकुमार सिंह


काठमाडौं ।  सरकारले विकास निर्माणका कामहरु अवरुद्ध गर्न खोजेको सांसद अमरेशकुमार सिंहले आरोप लगाएका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले विकासका कामहरु अर्थमन्त्री प्रकाशशरण महत, शेरबहादुर देउवा र पुष्पकमल दाहालको निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै भएको भन्दै बाँकी ७४ जिल्लालाई किन बेवास्ता गरिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई प्रश्न गरे ।

उनले भने, ‘यो सरकारमा विकास निर्माण अवरुद्ध गर्न नै खोजिएको हो । गत आर्थिक वर्षमा काम गरेको निर्माण व्यवसायीको भुक्तानी भएको छैन, नयाँकाम सुरु भएको छैन । काम सुरु भएको छ जम्मा तीन जिल्लामा, अर्थमन्त्रीको जिल्ला नुवाकोट, सत्ता गठबन्धनको जिल्ला डडेलधुरा र अर्को चितवन बाँकी ७४ जिल्लामा विकास निर्माण हुनुहुँदैन ? भौतिक पूर्वाधार मन्त्री यहीँ हुनुहुन्छ, सोध्न चाहन्छु ।’

यस्तै, उनले ठेक्का लागिसकेको योजनामा पनि काम नभएको भन्दै यो देश तीन जिल्लाको मात्रै नभएको बताए । उनले भने, ‘ठेक्का लागिसकेको छ, त्यसमा काम किन नहुने ?  यो तीन जिल्लाको मात्रै यो देश हो वा तीन जनाको मात्रै यो देश हो ?  किनभने अहिले पनि २ खर्बभन्दा बढीको नुवाकोटमा, गोरखा, चितवनमा आयोजना स्वीकृत भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।