image
image

अनुशासन र पारदर्शी भएर साथ राजश्व बढाउनेतर्फ लाग्नुहोस् : अर्थमन्त्री महत


काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अनुशासन र पारदर्शी भएर साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् । मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन । त्यस क्रममा उनले अनुशासन र पारिदर्शिताका साथ लाग्नुपर्ने र व्यवसायको यथार्थ मूल्यांकन गरेर मात्रै राजश्वको लक्ष्यनजिक पुग्न सकिने बताए । 

व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न आग्रह गर्दै अर्थमन्त्री महतले व्यवसायको विकासमा ध्यान दिने हो भने आन्तरिक राजश्व बढ्ने उल्लेख गरे । ‘कुन बस्तु कानुनी रुपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्यो भने राजश्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ । अहिले धेरै बस्तुलाई भ्याटको दायरामा ल्याइएको छ, त्यसको अर्थ कारोबार कति भयो, आय कति छ भन्ने पत्ता लगाउन सकिन्छ’ उनले भने, ‘होटल, रेस्टुराजस्ता सेवा व्यवसाय बढिरहेको छ । नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ, करको  सिस्टममा जोड्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।