image
image

अब नागस्थान चोकमापनि ट्राफिक बत्ती

काठमाण्डौं चैत २७ । सुनधारास्थित नागस्थान चोकमा ट्राफिक बत्ती जडान गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य बैंकको समन्वयमा नागस्थानमा नयाँ ट्राफिक बत्ती जडान गरेको हो ।

जडान गरिएको बत्तीको आज महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले स्वीच उद्घाटन गरेका छन् । कार्यक्रममा महाशाखा प्रमुख भट्टराईले सडक बत्ती जडानसँगै सडक अनुशासन कायम हुनुका साथै दुर्घटनामा कमी आउने बताए । ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरी आवागमन सहज बनाउन चोक चोकमा ट्राफिक बत्ती जडान कार्य तीव्र बनाइएको उनको भनाइ छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको र आज ट्राफिक बत्ती सञ्चालनमा सहयोग गरेको बताए । काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चिनकाजी महर्जनले महाशाखाले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा खेलेको महत्वपूर्ण भूमिका प्रशंसायोग्य रहेको बताए । आज जडान गरिएको ट्राफिक बत्तीसँगै उपत्यकाका ३२ चोकमा ट्राफिक बत्तीमार्फत सवारी व्यवस्थापन हुँदै आएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।