image
image
डीपीआर आतङ्क’बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ : रवि लामिछाने

डीपीआर आतङ्क’बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक छ : रवि लामिछाने

काठमाडौं । डीपीआर आतङ्क’बाट मुलुकलाई बाहिर निकाल्न आवश्यक रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बताएका छन् ।  बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले राष्ट्रिय गौरवको आयोजनामासमेत कपि पेस्ट भएको भन्दै डीपीआर आतङ्कबाट बाहिर निस्केर साँच्चैको अनुगमन र निर्माणको काममा प्रवेश गर्न आवश्यक रहेको जिकिर गरेका छन् । उनले भने, ‘समय र लागतमात्र नभएर गुणस्तर हेर्ने हामीले कहिले हो ? डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउने भनेपछि त्यसमा त पैसा निस्कन्छ । यो डीपीआर आतङ्कबाट मुलुकलाई बाहिर निकाल्नपर्यो । कस्ताकस्ता राष्ट्रिय गौरवको आयोजनामा कपि पेस्ट भएको सुनेका छौं । डीपीआर आतङ्कबाटबाहिर निस्केर साच्चै अनुगमन र निर्माणको काममा कहिले प्रवेश गछौं ?’

अनुगमन गर्ने प्रभावकारिता, त्यसमा प्राविधिक पक्ष र त्यसले औँल्याएका विषयहरुमा दण्ड र पुरस्कृत गर्न सक्ने व्यवस्था गर्नुपर्ने उनको भनाई छ । सभापति लामिछानेले अनुगमनकर्ताको मापदण्ड केके हो र देखिएको त्रुटि सच्याउने उपाय के हो त्यसको खोजी गर्नुपर्ने बताए ।

उनले भने, ‘अनुगमन गर्ने, त्यसमा प्राविधिक पक्ष र त्यसले औँल्याएका विषयहरुमा दण्ड र पुरस्कृत गर्न सक्ने व्यवस्था गर्न सक्ने क्षमता हुने छ कि छैन, यो महत्वपूर्ण कुरा हो । अनुरोध गर्न चाहन्छु, अनुगमन कसले गर्ने, अनुगमनकर्ताको मापदण्ड केके हो ?  देखिएको त्रुटि सच्याउने उपाय के होः यो महत्वपूर्ण छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।