image
image
नेपालको न्याय प्रणाली दोषी हुनुमा राजनीतिक संलग्नता हो : अध्यक्ष ओली

नेपालको न्याय प्रणाली दोषी हुनुमा राजनीतिक संलग्नता हो : अध्यक्ष ओली

काठमाडौं । देशको न्यायप्रणाली प्रभावकारी नभएको  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । आज काठमाडौंमा आयोजित कार्यक्रममा एसिड (तेजाब) आक्रमण पीडितहरूको कथा समेटिएको ‘नमेटिने घाउ’ चलचित्र घोषणा कार्यक्रममा बोल्दै उनले नेपालको न्याय प्रणाली दोषी भएपनि उसको राजनीतिक संलग्नता हेरेर फैसला हुने गरेको भन्दै न्यायप्रणाली प्रभावकारी नभएको बताएका हुन् । 

उनले भने, ‘नेपालको न्याय प्रणाली दोषी हुनुमा राजनीतिक संलग्नता हो । मानव विरुद्धको जघन्य अपराधमा सोझै सत्ता दुरुपयोग गरेर माफी दिने काम भइरहेको छ । त्यसैले यतिबेला उठिरहेको प्रश्न भनेको हाम्रो न्याय प्रणालीमाथि हो ।’

अध्यक्ष ओलीले एसिड पीडितहरूका बारेमा प्रधानमन्त्रीसँग भेटेर एउटा एजेण्डाको रुपमा नै छलफल गर्ने प्रतिबद्धता जनाए । उनले प्रावधान बनाएर मात्र एसिड विक्री वितरण गर्नुपर्नेमा जोड दिए । 

उनले भने,‘एसिडपीडितहरूको बारमा प्रधानमन्त्रीसँग भेटेर कुरा गर्नेछु । एउटा एजेण्डाको रुपमा नै छलफल गर्नेछु । एसिडको उपलब्धता नै हुनुहुँदैन भन्ने होइन् तर कसले के प्रयोजनको लागि किन्ने र कति मात्रा प्रयोग गर्ने र बाँकी रहेको फिर्ता गर्नेसहित प्रावधान बनाएर विक्री गर्न आवश्यक छ । यो प्रतिनिधिसभाको छलफलको विषय बन्छ ।’ 

एउटा निर्दोषलाई चाहीं फसाइदिने र दोषीलाई चाहीं उमक्याइदिने काम भइरहेको बताए । त्यसैले न्याय प्रणालीमा सुधार गर्न आवश्यक रहेको उनको भनाई छ । एसिड आक्रमणबाट पीडित किशोरी र महिलाहरुका पीडा र जीवन कथालाई समेटर निर्माण हुन लागेको चलचित्र ओली प्रधानमन्त्रीको भूमिकामा देखिनेछन् । निर्माता रमित ढुंगानालगायतको टोलीले निर्माण गर्न लागेको ‘नमेटिने घाउ’ को शुभमुहूर्त पनि ओलीले नै गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।