image
image
राष्ट्रिय सभा निर्वाचनः ९९.३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

राष्ट्रिय सभा निर्वाचनः ९९.३२ प्रतिशत मत खस्यो : निर्वाचन आयोग


काठमाडौं । राष्ट्रिय सभाका १९ सिटका लागि मतदान सकिएको छ । निर्वाचन आयोगका अनुसार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानमा ९९.३२ प्रतिशत मत खसेको छ । सातै प्रदेशका राजधानीस्थित निर्वाचन अधिकृतको कार्यालयले तोकिएका मतदान केन्द्रमा भएको मतदान शान्तिपूर्ण रुपले सम्पन्न भएको आयोगले जनाएको छ । आयोगका सहसचिब एवम प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सबै प्रदेशमा ९९ प्रतिशत माथि मत खसेको हो ।

कोशी प्रदेशमा ९९.२७ प्रतिशत, मधेशमा ९९.७३, बागमतीमा ९८.५६, गण्डकीमा ९९.५७, लुम्बिनीमा ९९.३४, कर्णालीमा एकसय प्रतिशत र सुदुरपश्चिममा ९८.६८ प्रतिशत मत खसेको प्रवक्ता पौडेलले जानकारी दिए । सबै प्रदेशमा रहेका २०४६ मतदातामध्ये २०३२ जनाले मतदान गर्दा ९९.३२ प्रतिशत मत खसेको उनले बताए ।आयोगका अनुसार बिहीबार बेलुकासम्म परिणाम समेत सार्वजनिक हुनेछ । निर्वाचनमा ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।