image
image
धारामा मेलम्चीको पानी नआए तत्काल सम्पर्क गर्नु : खानेपानी मन्त्रालय

धारामा मेलम्चीको पानी नआए तत्काल सम्पर्क गर्नु : खानेपानी मन्त्रालय

काठमाडौं । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी पुनः वितरण सुरु गरेको दुई दिनपछि खानेपानी मन्त्रालयले पानी नआए तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पुनः वितरणको शुभारम्भ गरेका थिए ।

मन्त्रालयले एक सूचना जारी गर्दै पानी नआएको खण्डमा सम्पर्क गर्न विभिन्न सम्पर्क नम्बरहरु उपलब्ध समेत गराएको छ । मन्त्रालयले मेलम्चीको खानेपानी धारा जडान नभएमा या जडान भएका धारामा पानी नआएमा तोकिएका टेलिफोन नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो ।

मेलम्ची खानेपानी वितरणसम्बन्धी समस्या समाधान गर्न सरकारले सहजीकरण समिति गठन गरेको जनाएको छ । बाढी तथा पहिराका कारण अवरुद्ध भएको मेलम्चीको पानी पुनः काठमाडौं ल्याइएको हो ।

गत पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौं ल्याउने सहमति भएको थियो । विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढी पहिरोपछि आयोजनाको मुहान क्षेत्र क्षतिग्रस्त बनेको थियो ।
‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।