image
image
न्यायाधीश गिरीकी श्रीमतीद्वारा सर्वोच्च परिसरमै आत्मदाहको प्रयास

न्यायाधीश गिरीकी श्रीमतीद्वारा सर्वोच्च परिसरमै आत्मदाहको प्रयास

 

काठमाडौं । सर्वोच्च अदालतअगाडि एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन्। आइतबार दिउँसो न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी हुन्।प्रहरीका अनुसार सर्वोच्च अदालत पुगेकी ती महिलाले आफूमाथि मट्टितेल छर्किएकी हुन्।

प्रहरीले उनलाई तत्काल उद्धार गरी वीर अस्पताल लगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए। ती महिलाले श्रीमान् गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी थिइन्। उनले गिरीलाई थुनामा राख्न माग गर्दै आएकी छिन्।

गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगेको थियो। गिरीलाई अदालतले २ लाख ७५ हजार रूपैयाँ धरौटीमा मुक्त गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।