उत्तर कोरियाले टोकियो ओलम्पिक्स नखेल्ने
काठमाडौँ २४ चैत । उत्तर कोरियाले यस वर्ष जापानको टोकियोमा आयोजना हुने विश्व खेलकुदको महाकुम्भ ओलम्पिक्स खेलकुदमा सहभागि नहुने बताएको छ। विश्व व्यापी कोरोना महामारीका कारण खेलाडीलाई जोगाउन टोकियो ओलम्पिक्स खेलकुद नखेल्ने उत्तर कोरियाली खेलकुद मन्त्रालयले निर्णय गरेको भनाइ छ। टोकियो ओलम्पिक्स नखेल्ने घोषणा गर्ने उत्तर कोरिया पहिलो मुलुक हो ।
खेलकुद सहभागी उत्तर कोरियाली ओलम्पिक कमिटीको बैठकले त्यस्तो निर्णय गरेको मन्त्रालयको वेबसाइटमा उल्लेख गरेको छ। ‘उक्त कमिटीले ३२ औँ ओलम्पिक्स खेलकुदमा सहभागि नहुने निर्णय गरेको हो। विश्वव्यापीरुपमा देखिएको कोरोना भाइरसका कारण खेलाडीलाई जोगाउन यस्तो निर्णय भएको हो’, उत्तर कोरियाली खेलकुद मन्त्रालयको वेबसाइटमा उल्लेख गरेको छ।
यसअघि सन् २०२० मै हुने भनिएको टोकियो ओलम्पिक्स कोरोना महामारीका कारण सरेको हो। यो वर्ष आगामी जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म यो प्रतियोगिता आयोजना हुने भएको छ।