image
image

फोटोनले पठायो बजारमा १ करोड युनिट गाडी

काठमाडौँ २३ चैत । चीनकै सबैभन्दा ठूलो कमर्सियल भेहिकल ब्रान्ड फोटोन मोटरले १ करोड गाडी बजारमा पठाएको छ । फोटोन मोटरले स्थापना भएको २५ वर्षमै १ करोड गाडी उत्पादन गर्न सफल भएको  हो  । 

१ करोड गाडी उत्पादन गरेको अवसरमा फोटोन डेमलर अटोमोटिभले चीनमा नयाँ अमान ग्यालेक्सी ट्रक सार्वजनिक गरेको छ, जसलाई कम्पनीले ‘प्राविधिक सुन्दरता र गतिशीलताको सम्मिश्रण’ भनी व्याख्या गरिएको छ । 

फोटोनले  गएको मार्च महिनामा मात्रै १ लाख १ हजार १ सय ६६ वटा गाडी बिक्री गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशत बढी हो । त्यसैगरी  फोटोनले विश्वकै लोकप्रिय अटोमोबाइल क्षेत्रका कम्पनीहरू कमिन्ज, डेमलर ग्रुप र जेडएफसँग नीतिगत साझेदारी गरेको थियो । नयाँ आविष्कार र उत्कृष्टताका लागि फोटोनले चीन, जर्मनी जापानमा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरहरू स्थापना गरेको छ । जहाँ ४० भन्दा बढी मुलुकका ६ हजार ५ सय इन्जिनियरले ५ हजारभन्दा बढी प्याटेन्ड निर्माण गरिसकेका छन् । 

फोटोन डेमलरका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई १ सय १० देशमा उपलब्ध छन् । नेपालमा एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोनका पिकअप, भ्यान र एम्बुलेन्सको बिक्री वितरण गर्दै आएको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।