दोस्रो पटक आमा बन्दै करिना कपुर
एजेन्सी । बलिउड अभिनेत्री करीना कपुर दोस्रो पटक आमा बन्ने भएकी छिन ।
अभिनेत्री कपुरले सामाजिक सञ्जाल इन्ट्राग्राममा तस्विर सेयर गर्दै आफू दोस्रो बच्चाको आमा बन्न लागेको पुष्टि गरेकी छिन।
तस्बिरमा उनी गर्भवती भएको र योगा गरिरहेको प्रस्ट देख्न सकिन्छ। अभिनेता सैफ अली खानसँग विवाह गरेकी करिनाको एउटा छोरा यसअघि नै रहेको छ।
सैफ र करिनाले सन् २०१६ मा आफ्नो पहिलो सन्तान तैमुर अली खानलाई जन्म दिइसकेका छन्। उनी हाल ४ बर्षका भए।
करिना कपुर खान सैफ अली खानकी दोस्री श्रीमती हुन्। सैफकी पहिलो श्रीमती अमृतासँग उनका दुई सन्तान (सारा अली खान र इब्राहिम अली खान) छन् ।