विश्वकै पहिलो रोलेबल टिभीको बिक्री शुरु
काठमाडौँ २१ चैत । एलजी इलेक्ट्रोनिक्सले विश्वकै पहिलो रोलेबल टिभीको बिक्री शुरु गरेको छ। दक्षिण कोरियाली कम्पनी एलजी इलेक्ट्रोनिक्सले ल्याएको यो टिभी हाल दक्षिण कोरियामा बिक्रि भईरहेको छ ।
त्यस्तै यो टिभी १०० मिलियन ओन अर्थात् एक करोड ३७ लाख रुपैयाँकाे हारहारी पर्छ र उक्त टिभीमा ६५ इन्चको रोलेबल उपलब्द गराईएको छ ।एलजीले आफ्नो यो टिभीको नाम एलजी सिग्नेचर ओलेड आर (OLED R) राखेको छ ।
हाल अमेरिका, रसिया, जापान, फ्रान्स लगायत १५ देशमा याे टिभीकाे बिक्री प्रारम्भ भएकाे छ । विस्तारै अन्य देशका बजारमा पुग्ने याेजना कम्पनीले ल्याएकाे छ ।
यस रोलिङ टिभीलाई तीन फरक मोडहरूमा प्रयोग गर्न सकिन्छ, जसमा तीन प्रकारका डिस्प्ले साइजहरू उपलब्ध छन् । कम्पनीले विशेष प्रविधिको प्रयोग गरेर टिभीको डिजाइन गरेको उल्लेख गरेको छ ।
त्यस्तै एलजीको यो पछिल्लो टिभीमा प्रयोगकर्ताले कमाण्ड दिएपछि मात्रै डिस्प्ले खुल्छ । फुल भ्यू स्क्रिनमा पूर्ण आनन्द लिन सकिने यसमा एआईमा आधारित इमेज र उत्कृष्ट साउन्ड क्वालिटी रहेको दाबी गरिएको छ ।