माछापुच्छ्रे बैंकलको कन्ट्याक्ट लेस कार्ड सेवा शुरु
काठमाडौँ २० चैत । माछापुच्छ्रे बैंकले कन्ट्याक्ट लेस कार्ड सेवा शुरु गरेको छ । बैंकले भिषा कार्ड मार्फत हुने कारोबारहरुलाई अझ सहज बनाउने उद्धेश्यले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको हो ।
अब कन्ट्याकलेस कार्ड सेवा अन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी POS (पोइन्ट अफ सेल्स) मा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन, उक्त ‘ट्याप एण्ड पे’ सुविधायुक्त POS मा ट्याप गरेर सजिलै कारोबार गर्न सकिनेछ ।
त्यस्तै कन्ट्याकलेस कार्ड अन्र्तगत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी रु. २००० सम्मको भुक्तानी गर्दा पिनको आवश्यकता पर्दैन भने २००० भन्दा बढिको काराबोर गर्दा कार्ड पिन नम्वर राख्नुपर्ने हुन्छ ।
बैंकले उक्त सेवा आफ्ना अधिकांश POS मसिनलाई ट्याप एण्ड पे’ सुविधायुक्तमा स्त्तरोन्नती गरिसकेको छ ।उक्त सुबिधा लिनको लागि बैंकका ग्राहकले नजिकको शाखामा सम्पर्क राखी कन्ट्याक्ट लेस कार्ड लिन सक्ने बताएको छ ।