टेलिकमका कर्मचारीले एनसेलको पैसा खाएर गुणस्तर कमजोर बनाए; सांसद सिंह
काठमाडौं । सांसद अमरेशकुमार सिंहले टेलिकमका कर्मचारीले एनसेलको पैसा खाएर गुणस्तर कमजोर कमजोर बनाएको आरोप लगाएका छन् । त्यस्तै उनले टेलिकमको नेटवर्क कमजोर किन भएको भन्दै प्रश्न उठाएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार राजधानीमा सांसदहरूसँग गरेको छलफल कार्यक्रममा उनले ग्रामीण क्षेत्रमा मात्रै नभएर काठमाडौंमा समेत टेलिकमको गुणस्तर प्रभावकारी नभएको बताए ।
सिंहले ‘टावरको संख्या तथ्यांकमा देखाएर मात्रै नहुने बताउदैं टेलिकमका कर्मचारीले एनसेलबाट पैसा खाएर जानी जानी गुणस्तर कमजोर बनाएको आरोप समेत लगाए ।