अब मनकामना केबलकार पनि डिजिटल प्रविधिमैत्री बनाइने
काठमाडौं ।अब मनकामना केबलकार पनि डिजिटल प्रविधिमैत्री बनाइने भएको छ । हाल लामो समयसम्मको संचालनमा मर्मत, सम्भार खर्च बढ्न गएकोले, नयाँ प्रविधि विकास भई सो प्रविधियुक्त बनाउन विभिन्न चरणमा स्तरोन्नति गर्दै जाने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार प्रथम चरणमा तत्काल अति आवश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जाहरु फेरिने भएको छ । त्यस्तै, दोस्रो चरणमा नयां प्रविधि मैत्री बनाउन पुर्वाधार तयार तथा केही अन्य थप पार्टपुर्जाहरु फेरिने भएको छ ।
त्यसैगरि, अन्तिम चरणमा हाल एनलग सिस्टमबाट डिजिटल सिस्टममा स्तरोन्नति गर्ने, केवुल लठ्ठा (मेन केबल) फेरबदल गर्ने, कम्युनिट केबुल लाई सेट्रा केबुलमा रुपान्तरण गर्ने, डीसी ड्राइभलाई एसी ड्राइभमा रुपान्तरण गरी हाल बिद्यमान प्रविधियुक्त बनाउने भएको छ ।