image
image

यी हुन् संसारका १० प्रदूषित सहर 

काठमाडौँ ।पछिल्लो समय संसार भरि नै वायु प्रदूषण बढिरहेको छ । यसरी प्रदूषण भएको वायुले कुनै पनि स्थानको मानव र अन्य जीवित प्राणीहरूको स्वास्थ्यमा नकारात्मक असर गर्छ ।

त्यसैगरी साता काठमाडौं संसारकै सबैभन्दा बढी प्रदूषित सहरको शीर्ष स्थानमा रहेको समाचार आएको थियो । एक्युआई तथ्याङ्कअनुसार प्रदूषित सहरको अवस्थामा फेरबदल भैरहन्छ । हाल दक्षिण एशियाली मूलुकका सहरमा प्रदूषण बढेको देखिएको छ । यो समाचार तयार गर्दासम्म पछिल्लो एक्युआई तथ्याङ्कअनुसार संसारका १० शीर्ष प्रदूषित सहरको सूची यसप्रकार छ ।
१. चीन, संघाई
चीनको संघाईमा हालसालै ५ सय ७१ एक्युआई रहेको पाइएको छ, जसअनुसार यहाँको वातावरण एकदमै खतरनाक मानिएको छ ।
२. नेपाल, काठमाडौं
नेपालको काठमाडौंमा हालसालै २ सय ६६ एक्युआई रहेको पाइएको छ । जसअनुसार लामो समयसम्म यस्तो वातावरणमै रहने हो भने सामान्य व्यक्तिलाई सास फेर्न असुविधा र हृदय रोग भएका मानिसहरूमा ठूलै समस्या उत्पन्न हुन सक्छ ।
३. पाकिस्तान, लाहोर
पाकिस्तानको लाहोरमा हालसालै १ सय ७३ एक्युआई रहेको पाइएको छ ।
४. बङ्गलादेश, ढाका
बङ्गलादेशको ढाकामा हालसालै १ सय ७० एक्युआई रहेको पाइएको छ ।
५. भारत, कलकत्ता
भारतको कलकत्तामा हालसालै १ सय ६७ एक्युआई रहेको पाइएको छ ।
६. भारत, दिल्ली
भारतको दिल्लीमा हालसालै १ सय ६१ एक्युआई रहेको पाइएको छ ।
७. म्यानमार, याङ्गुन
म्यानमारको याङ्गुनमा हालसालै १ सय ६० एक्युआई रहेको पाइएको छ ।
८. भारत, मुम्बई
भारतको मुम्बईमा पनि हालसालै १ सय ५७ एक्युआई रहेको पाइएको छ ।
९. दक्षिण कोरिया, इन्चियोन
दक्षिण कोरियाको इन्चियोनमा हालसालै १ सय ५७ एक्युआई रहेको पाइएको छ । जसअनुसार यहाँ बसोबास गर्ने श्वासप्रश्वाससम्बन्धी रोग भएकाहरू, बालबालिका लगायत सामान्य वयस्कलाई पनि समस्या हुन सक्ने देखिन्छ ।
१०. भियतनाम, हनोई
भियतनामको हनोईमा हालसालै १ सय ५४ एक्युआई रहेको पाइएको छ । जसअनसार यहाँ बसोबास गर्ने श्वासप्रश्वाससम्बन्धी रोग भएकाहरू, बालबालिकालगायत सामान्य वयस्कलाई पनि समस्या हुन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।