राजेश हमाल अभिनित सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक
काठमाडौँ। अभिनेता राजेश हमालद्वारा अभिनित चलचित्र ‘सत्यम’को ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक भएको छ । पोस्टरमा
हमाललाई महानायक लेख्दै उनको स्केच फोटो राखिएको छ । ‘सत्यमः राईजिङ अफ दि हिरोज’ लेख्दै फिल्मको शीर्षकलाई परिभाषित समेत गरिएको छ ।
शंकर कार्कीले निर्देशन गर्न लागेको चलचित्रमा हमालको अलवा अनुपविक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ । शाही चलचित्रमा भिलेनको भूमिकामा देखिने छन भने हमाल चलचित्रमा मुख्य भूमिकामा देखिने छन।चलचित्रमा पल शाह र उपासना सिंह ठकुरीको समेत अभिनय रहने बताइएको छ ।
फिल्मको बाँकी कलाकार अडिसनबाट छान्ने तयारीमा निर्माण युनिट जुटेको छ । अडिसन काठमाडौँमा माघ १९ गते, पोखरामा माघ २३ गते, बुटवलमा माघ २५ गते र झापामा माघ २७ गते अडिशन हुनेछ । ‘सत्यम्’लाई रेशम सापकोटाले लेखेका हुन् । फिल्मको एशोसियट निर्माता श्याम मल्ल र गणेश पौडेल हुन् । सह–निर्माताहरु रेशम गौतम र कृष्ण अधिकारी हुन् ।
कुटुम्ब ब्याण्ड, योगेश काजी र गणेश पौडेलले संगीत रहने फिल्ममा बिदुर पाण्डेको छायाँकन, अष्टमान महर्जनको द्वन्द्व रहनेछ ।