image
image

९७ करोड ७५ लाखको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै राष्ट्र बैंक

काठमाडौँ, १५, वैशाख । नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्ने भएको छ ।

पाँच वर्ष समयावधि हुने ‘वैदेशिक रोजगार बचतपत्र, २०८५’ १७ गतेदेखि निष्कासन हुन लागेको हो । वैशाख १७ गतेदेखि जेठ २४ गतेसम्म बिक्री खुला हुने बैंकले जनाएको छ । २०८५ जेठ २४ गते उक्त बचतपत्रको सावाँ भुक्तानी गरिने छ ।
ब्याजदर ११ प्रतिशत रहेको छ ।

ब्याज ६-६ महिनामा पाइने छ । बचतपत्रमा घटीमा १० हजार रूपैयाँ र बढीमा १० हजार रूपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न सकिने छ ।

बचतपत्रमा देशबाहिर रोजगारीमा संलग्न तथा देशबाहिरको रोजगारीबाट फर्केका ६ महिना नपुगेका नेपाली नागरिक वा गैर आवसीय नेपालीले आफु वा आफ्नो परिवारको सदस्य-बुवा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी मात्र) को नाममा खरिद गर्न सकिने बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।

बैंककाअनुसार बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन-दिन सकिने छ । इच्छुक खरिदकर्ताले वैदेशिक रोजगार बचतपत्र खरिद गर्नको लागि बैंकको वेवसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

यस्तै, बैंकको वेबसाइट बाट वैदेशिक रोजगार बचतपत्रको आवेदन फारम डाउनलोड गरी आफुलाई पायक पर्ने यस बिक्री एजेन्टको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरूको सहयोग लिई अनलाइन आवेदन दिन सकिने उल्लेख छ ।

आफुलाई पायक पर्ने वाणिज्य बैंकहरू, बजार निर्माताको इजाजतपत्र पाएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयहरूबाट ब्याज भुक्तानी लिन सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।