image
image

बादलसहितका मन्त्रीलाई सरकारबाट फिर्ता हुन माओवादीकाे निर्देशन  

काठमाडौं २९ फागुन । नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ। पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो। 

रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामा केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री छन् । त्यसैगरी एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ । बैठकले भोलि एघार बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । चैत २ गतेका लागि राखिएको राष्ट्रियभेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।