चलचित्र 'छ माया छपक्कै' युट्युबको ट्रेन्डिङ नम्बर एकमा
काठमाडौँ । चलचित्र 'छ माया छपक्कै' युट्युबको ट्रेन्डिङमा परेको छ । ३ दिन अघि युट्युबमा सार्वजनिक गरिएको उक्त चलचित्र ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ ।
राजनीतिक कथावस्तुमा आधारित् चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन्। यो चलचित्र राजनीतिक पृष्ठभूमिमा हुर्किएको एक पुरुष र एक युवतिको कथामा बनेको छ । यसका साथै चलचित्र 'छ माया छपक्कै' हाँस्य व्यंग्यको भरपुर प्याकेज पनि हो। चलचित्रमा कलाकार दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, नायिकाद्धय केकी अधिकारी, सुपुष्पा भट्ट आदिको मुख्य भूमिका रहेको छ ।
हाल सम्म चलचित्रलाई सत्र लाख माथि दर्शकले हेरी सकेका छन् l सकारात्मक प्रतिक्रिया बटुल्दै चलचित्रको कथालाई दर्शकले अत्यन्तै रुचाएका छन । यसका साथै चलचित्रले हालसम्म ४० हजार माथि लाइक र २५ सय डिस्लाइक पाएको छ l चलचित्रमा निर्देशक स्वयं लामाको कथा लेखन छ भने रोहित अधिकारी यस चलचित्रका निर्माता हुन् ।
https://www.youtube.com/watch?v=JvTaYFnFInY