image
image

प्रदीप खड्काले भारतमा जिते डेब्यु अभिनेताको अवार्ड

काठमाडौँ, २८, कार्तिक । अभिनेता प्रदीप खड्काले भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन्।

आइतबार बेलुका सम्पन्न भएको फेस्टिभलमा उनले ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन्। 

अभिनेता खड्काले आफूले अवार्ड पाएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्।उनले फेसबुकमा अवार्डको तस्बिर सार्वजनिक गर्दै आयोजकलाई धन्यवाद दिएका छन्। यस अवार्डका लागि प्रदीप र ‘प्रेमगीत’ का निर्माता तथा निर्देशक सन्ताेष सेन भारत पुगेका थिए। 

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको ‘प्रेमगीत ३’ पहिलो पटक हिन्दी संस्करणमा प्रदर्शन गरिएको हो। यो फिल्मले नेपाल र भारतमा राम्रो प्रदर्शन गरेको थियो।

फिल्मले विश्वव्यापी रुपमा ३९ करोड कमाएको थियो भने नेपालबाट मात्रै १५ करोड ८ लाख कमाएको थियो।

यो हिन्दी र नेपाली दुवै संस्करणको कमाइ हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।