अदालतको आदेश नआउँँदा अझै नेकपाका १० कार्यकर्ता छुट्न बाँकि
काठमाडौँ २८ फागुन । केहि समय अगाडी सरकार र नेत्र विक्रम चन्द विच तिन बुधे सहमति भएको थियो । उक्त सहमतिमा विप्लव पक्षको कार्यकर्ता छुटाउने सहमति भएको थियो । तर अदालतको आदेश नआउँँदा अझै पनि केहि कार्यकर्ता छुट्न सकेका छैनन् ।
विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका इञ्चार्ज माइला लामा एक वर्षदेखि जिल्ला कारागार खाँदबारीमा हुनुहुन्छ । अदालतको आदेश नआउँदा विप्लवका केन्द्रीय नेता लामासहित १० कार्यकर्ता खाँदबारी कारागारमै छन् ।
खाँदबारी कारागारमा सङ्खुवासभा जिल्ला इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, यामप्रसाद गौतमलगायत १० कार्यकर्ता खाँदबारी कारागार छन् । खाँदबारी कारागारका प्रमुख विनोद अधिकारीका अनुसार अदालत वा जिल्ला प्रशासनबाट कुनै किसिमको पत्र नआएका कारण उनीहरुलाई छाड्न सकिएको छैन ।