चैत ३ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौँ २६ फागुन।आज आयोजना भएको प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत ३ गतेसम्मका स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो ।
शोक प्रस्ताव पारित भएपछि अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन अनुसार आजको बैठक चैत ३ गते सम्मका लागि स्थगित गरिएको हो । गत असारयता बिभिन्न समयमा निधन भएका सांसदहरुप्रति शोक प्रस्ताव पारित भएपछि एक मिनेट मौन धारण गरेर सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगितको घोषणा गर्नुभएको थियो ।