माधव पक्षका रघुजी पन्तलाई कोमल वलीले हालिन मुद्दा,महिलालाई दुव्र्यवहार गर्ने तुच्छ अपराधीलाई छोड्न नहुने जिकिर ।

महिलाविरुद्ध हुने विविध खालको हिंसाहरु समाजमा निरन्तर बढिरहेको छन् । यसै क्रममा चर्चित गायिका एवं एमालेकि राष्ट्रियसभा सदस्य कोमल वलीले पूर्व नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् । केहि समय अघि मात्र रघुजी पन्तले खुलेआम रुपमा आफूविरुद्ध गरेको तुच्छ टिप्पणीलाई लिएर वलीले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् ।
नेता रघुजी पन्तले गत फागुन १५ गते एक विशेष कार्यक्रममा ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तेस्ताले टिकट पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन्’ भनेर अपमानजनक टिप्पणी गरेका थिए ।
वर्तमान नेपालको ‘राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मलाई प्रतिनिधिपात्र बनाइ समग्र महिलाप्रति नै अपमान हुनेगरी अभिव्यक्ति दिनु भनेको महिलाविरुद्धको जघन्य हिंसा हो,’ वलीले आफ्नो उजुरीमा भनेकी छन् ।
‘मेरो इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी मेरो व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा व्यक्तिलाई होच्याउने गरी गाली बेइज्जती र चरित्र हत्या गरेको र सो कुरा प्रचार, प्रसार र प्रकाशन गरी मेरो मान प्रतिष्ठा र इज्जतमा धक्का पुर्याउने गरी अभिव्यक्ति दिएको स्पष्ट हुँदा गालीतर्फ मुलुकी अपराध संहित २०७४ को दफा ३०५ (१) (२) कसुर गरेको हुँदा ऐ. दफा ३०५ (३) बमोजिम र बेइज्जतीतर्फ ऐनको दफा ३०६ (१) (२) (क) बमोजिम कसुर गरेको हुँदा ऐनको दफा ३०७ (१) बमोजिम सजाय गरी विपक्षीले मलाई बेइज्जती गर्ने कार्य विद्युतीय माध्यमबाट गरेको हुँदा थप एक वर्ष कैद र दश हजार जरिवाना समेत गरी हदैसम्मको सजाय गरी पाऊँ । साथै ऐनको २०७ को उपदफा (२) बमोजिम कसूरको गम्भीरता र मेरो प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय तथा अन्य आमसञ्चार माध्यमबाट भएको बेइज्जती समेतलाई विचार गरी मनासिब क्षतिपूर्ति तथा मुद्दामा लागेको खर्चसमेत विपक्षीबाट दिलाई भराई पाऊँ,’ वलीले दर्ता गरेको मुद्दामा भनिएको छ ।
कति सजाय हुनसक्छ रघुजी पन्तलाई ?
मुलुकी अपराध संहिता २०७४, २०७४ को दफा ३०५, ३०६, ३०७ मा यस्तो छ व्यवस्था:
मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ को उपदफा १ अनुसार पन्तलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ । तर वलीले विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरेको हुँदा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना माग गरेकी छन् । वलीले उचित क्षतिपूर्तिसहित मुद्दामा लागेको खर्चसमेत पन्तबाट भराउन पनि माग गरेकी छन् ।