image

नेपालको ‘राज्जा रानी’ लाई भारतमा अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं २५ फागुन ।नेपालको नाजिर केकी अभिनित चलचित्र ‘राज्जा रानी’ ले भारतमा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । मधेशमा देखिएको दाइजो प्रथाको कथामा बनेको मैथिली फिल्म ‘राज्जा रानी’ ले अन्तर्राष्ट्रिय अवार्ड जितेको हो । 

केकी अधिकारी र नाजिर हुसेनको मूख्य भूमिका रहेको यस फिल्मले साइनसिने फिल्म फेस्टिभलमा महत्त्वपूर्ण दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड पाएको हो। यस फिल्मलाई भारत, बिहारको मुजफरपुरमा भएको फेस्टिभलमा उत्कृष्ट रिजनल फिचर फिल्म र उत्कृष्ट खलपात्रको विधामा अवार्ड दिइएको हो ।

नेपाली र मैथिली भाषामा निर्माण भएको उक्त चलचित्रको अवार्ड निर्माता राज कुमार महतोलाई हस्तान्तरण गरिएको थियो । यम थापाले निर्देशन गरेको यस फिल्ममा केकी र नाजिरसँगै कामेश्वर चौरसिया, स्वर्गीय दीपक क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।