image
image

भदौ १८ देखि अनमोल र सुहानाको 'ए मेरो हजुर ४' प्रदर्शन हुने

काठमाडौँ। अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को रिलिज मिति घोषणा गरिएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर चलचित्रको रिलिज मिति घोषणा गरिएको हो। 

चलचित्र आगामी वर्षको भदौ १८ गतेदेखि रिलिज हुने निर्माण समुहले जनाएको छ। योसँगै चलचित्रको फष्टलुक पोस्टरसमेत सार्वजनिक गरिएको छ। 

सुनिलकुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा झरना थापाको निर्देशन छ । अनमोल र सुहानाले यसअघि चलचित्र ‘ए मेरो हजुर ३’मा अभिनय गरिसकेका छन् । हाल चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ। 

कोभिडअघि नै छायांकन भएको यो चलचित्र लकडाउनको कारण रोकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।